५ जेष्ठ २०८१, शनिबार

समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा : प्रवक्ता महत


डा. प्रकाशशरण महत

नुवाकोट । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन् ।

प्रवक्ता महतले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाँउ–गाँउमा आवश्यक संरचनाको निर्माणमा सरकारले जोड दिनुपर्ने बताए ।

सोमबार नुवाकोटको एक कार्यक्रम उद्घाटन गर्दै उनले भने, “संरचना निर्माणको अवस्था, आगामी दिनमा गर्नुपर्ने सम्बोधन तथा किसानका गुनासो सुन्न अवसर मिलाएको हुँ, त्यसका लागि के गर्नुपर्छ तयार छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !