२२ बैशाख २०८१, शनिबार

एमाले प्रवेश गर्न लागेका नगरप्रमुख बगडियामाथि कारबाही


दिलिप बगडिया

विराटनगर । माओवादी केन्द्रले मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई कारबाही गरेको छ ।

माओवादी केन्द्रका प्रदेश १ समितिले एक विज्ञप्ति जारी गर्दै औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका नगरप्रमुख बगडियालाई कारबाही गरेको छ ।

नगरप्रमुख बगडियालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको समितिले जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि नेकपा (माओवादी केद्र) पार्टीको सधारण सदस्य समेत खारेजी गर पार्टीको कुनै आधिकारिक व्यक्ति नरहेको व्यहोरा सबैमा अवगत गराउँदछौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !