२० बैशाख २०८१, बिहिबार

एमसीसीका समर्थक सबै राष्ट्रिय गद्दार हुन् : भिम रावल


भीम रावल संसदमा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवं सांसद भिम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभामा छलफलका लागि पेश गरिनु आपत्तिजनक भएको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौता संसदवाट पारित गर्न छलफलका लागि पेश गरेपछि उक्त छलफलमा भाग लिंदै नेता रावलले एमसीसीका समर्थक सबै राष्ट्रिय गद्दार भएको आरोप समेत लगाएका छन् । उनले नेपाललाई उपनिवेश बनाउन खोजिएको समेत बताएका छन् ।

सांसद डा. रावलले राष्ट्रिय संवेदनशील विषयलाई संसद् बैठकको होहल्लाका बीच प्रस्तुत गरिएको भन्दै आपत्ति प्रकट गरे । उनले एमसिसीका केही प्रावधान राष्ट्रिय हितमा नभएको टिप्पणी गर्दै सो प्रस्तावमा सहमति जनाउन नसकिने बताए ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेपछि बसेको कार्यव्यवस्ता परामर्श समितिको बैठकले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेको थियो ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक राखेर सरकारले एमसीसी अनुमोदन गर्ने तयारी गरेको हो । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !