२१ बैशाख २०८१, शुक्रबार

एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक आज बस्दै


एकीकृत समाजवादीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले बताएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौताको विषयमा छलफल हुने बुझिएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् । एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले हिजो आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !