१४ बैशाख २०८१, शुक्रबार

एमसीसी सम्झौता पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् : रावल


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस भनेका छन्।

नेता रावलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै त्यसो गर्दा नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्न नसक्ने बताएका छन् ।

उनले लेखेका छन्, “एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !