२२ बैशाख २०८१, शनिबार

राप्रपामा ज्ञानेन्द्र शाहीले पाए सुशासन विभाग प्रमुखको जिम्मेवारी


माओवादी केन्द्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा ज्ञानेन्द्र शाहीले सुशासन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको प्रमुखमा शाहीलाई नियुक्त गरेका हुन् ।

४ दिनअघि राप्रपामा प्रवेश गरेका शाहीलाई राप्रपाले उक्त जिम्मेवारी दिएको हो । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा मिलेको थियो । भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !