१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय जनमोर्चाले दोहोर्यायो एमसीसी सम्झौताको खारेजीको माग


चित्रबहादुर केसी फाइल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुरुदेखि नै आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको खारेजीमा जोड दिँदै आएको स्पष्ट पारेका छन् ।

आज एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष चित्रबहादुर केसीले नेपालकोे राष्ट्रियता तथा सार्वभौम अखण्डता तथा वैदेशीक नीतिलाई दीर्घकालीन रुपले गम्भीर नकारात्मक असर पुर्याउने एमसीसी जस्तो घातक परियोजनालाई बलजफ्ती तथा तानाशाही तरिकाबाट संसदमा अनुमोदनको लागि प्रस्तुत गर्ने सरकारको प्रजातन्त्र विरोधी कार्यको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भत्र्सना गर्ने बताएका छन् ।

अध्यक्ष केसीले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध देशव्यापी रुपमा जनता सडकमा उत्रेकामा हिजो राजधानीमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले व्यापक दमन तथा धरपकड गरेर सरकारी दमनको दौरानमा थुप्रै प्रदर्शकारी गम्भीर घाइते समेत भएको उनले बताएका छन् ।

उनले शान्तिपूर्ण विरोध कार्यक्रममाथि सरकारले गरेको दमनको घोर विरोध तथा भत्र्सना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचारको व्यवस्था समेत सरकारले गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

यस्तो छ राष्ट्रिय जनमोर्चाले निकालेको प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय
बुढानिलकण्ठ न. पा. १०, ज्योतिनगर, कपन, काठमाडौं
Phone : 01-4164304, Email : [email protected]
Web : www.rajamo.org

प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै एमसीसी सम्झौताको खारेजीमा जोड दिँदै आएको छ । नेपालकोे राष्ट्रियता तथा सार्वभौम अखण्डता तथा वैदेशीक नीतिलाई दीर्घकालीन रुपले गम्भीर नकारात्मक असर पु¥याउने एमसीसी जस्तो घातक परियोजनालाई बलजफ्ती तथा तानाशाही तरिकाबाट संसदमा अनुमोदनको लागि प्रस्तुत गर्ने सरकारको प्रजातन्त्र विरोधी कार्यको राष्ट्रिय जनमोर्चा घोर विरोध तथा भत्र्सना गर्दछ ।

राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध देशव्यापी रुपमा जनता सडकमा उत्रेका छन् । त्यस क्रममा हिजो राजधानीमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले व्यापक दमन तथा धरपकड गरेको छ । सरकारी दमनको दौरानमा थुप्रै प्रदर्शकारी गम्भीर घाइते समेत भएका छन् । शान्तिपूर्ण विरोध कार्यक्रममाथि सरकारले गरेको दमनको घोर विरोध तथा भत्र्सना गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको उपचारको व्यवस्था समेत सरकारले गर्नुपर्ने कुरामा जोड दिन्छु ।

मिति : २०७८ फागुन ९
चित्रबहादुर के.सी.
अध्यक्ष


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !