२३ बैशाख २०८१, आइतबार

आफ्नै सामान आफैलाई बेचेर नाफा निकाल्ने ब्यापार मेला हेर्न पाउॅंदा बडो रमाईलो : बाँस्कोटा


गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले घ्यू बेचुवा र तलवार बेचुवाहरुले आज आयोजना गर्ने भनिएको मेलामा कसले कसलाई झुक्याउन सफल भै मुनाफा कमाउला त ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता बाँस्कोटाले आफ्नै सामान आफैलाई बेचेर नाफा निकाल्ने ब्यापार मेला हेर्न पाउॅंदा बडो रमाईलो हुने बताएका छन् ।

नेता बाँस्कोटाले लेखेका छन् “घ्यू बेचुवा र तलवार बेचुवाहरुले आज आयोजना गर्ने भनिएको मेलामा कस्ले कस्लाई झुक्याउन सफल भै मुनाफा कमाउला त ? आफ्नै सामान आफैलाई बेचेर नाफा निकाल्ने ब्यापार मेला हेर्न पाउॅंदा बडो रमाईलो हुने भो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !