२५ बैशाख २०८१, मंगलबार

एमसीसीबारे निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै


सत्ता गठबन्धनको बैठक

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच एमसीसी हिजो संसदमा टेवुल नगर्ने सहमति भएपछि सो बारेमा अन्तिम छलफल गर्न सत्ता गठबन्धनको बैठक आज ३ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा हिजो एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।

माओवादी केन्द्रले एमसीसी राष्ट्रिय सहमति बिना जबरजस्ती संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न हिजो बालुवाटार पुगेका थिए ।

एमसीसी संसदमा टेबल हुनबाट रोक्न अन्तिम प्रयासस्वरुप राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा टेवुल गर्न आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका उनीहरुवीच एमसीसी टेवुल नगर्ने सहमति भएको थियो ।

बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । सरकारले संसदमा टेवुल गर्ने तयारी गरेको एमसीसी परियोजनाबारे आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !