१२ जेष्ठ २०८१, शनिबार

देउवा र प्रचण्डवीच सहमति : एमसीसी संसदमा आज टेबल नहुने


देउवा र प्रचण्ड

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसदमा टेवुल नगर्ने सहमति भएको छ ।

अचानक बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवावीच यस्तो सहमति भएको हो । प्रचण्ड र देउवावीच सहमति भएसंगै एमसीसी आज संसदमा टेबल नहुने भएको हो ।

नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकै बेला देउवा र प्रचण्डबीच यस्तो सहमति भएको हो । बालुवाटारमा अहिले प्रधानमन्‍त्री देउवा र प्रचण्डबीच भेटवार्ता जारी रहेको छ ।

माओवादी केन्द्रले एमसीसी राष्ट्रिय सहमति बिना जबरजस्ती संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

एमसीसी संसदमा टेबल हुनबाट रोक्न अन्तिम प्रयासस्वरुप राष्ट्रिय सहमति जुटाएर मात्र संसदमा टेवुल गर्न आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका उनीहरुवीच एमसीसी टेवुल नगर्ने सहमति भएको हो ।

बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । सरकारले संसदमा टेवुल गर्ने तयारी गरेको एमसीसी परियोजनाबारे आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !