२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रको संसदीय दलको बैठक भोलि बुधबार बिहान बस्ने


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषयमा सांसदलाई जानकारी गराउने उद्देश्यले बैठक बोलाइएको हो ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता अनुमोदका लागि पेश गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !