२१ बैशाख २०८१, शुक्रबार

एमालेले भन्यो – झुट बोल्ने र अफबाह फैलाउने स्वास्थ्यमन्त्री राजीनामा देऊ

एमाले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा मागेका हुन् ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको एमालेले बताएको छ । जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’

मन्त्री खतिवडाले हालै  हालै सगरमाथा टिभीको एक अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो ।

स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दाबी छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् एमालेले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !