१४ बैशाख २०८१, शुक्रबार

पार्टी एकतासँगै मुलुक समृद्धिको बाटोमा अघि बढ्छ : खनाल


Jhalanath-Khanal1

४ वैशाख, झापा । एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले–माओवादीबीच पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘पाँचौँ राष्ट्रिय पुरस्कार वितरण’ समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्ुनभयो, “पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्छ । अब मुलुकको गन्तव्य भनेको समाजवाद हो ।”

नेता खनालले मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण हुने र सो पार्टीले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने उल्लेख गुर्नभयो । उहाँले अन्य मुलुकको विकासको ढाँचाभन्दा नेपाली माटो सुहाउँदो विकासको ढाँचा ल्याउनुपर्नेमा जोड दिनुभयो । नेता खनालले वैशाख ९ गते पार्टी एकता हुन नसके पनि केही दिनभित्रै एकता हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानले विभिन्न चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएबापत बैतडीका वरिष्ठ कृषि वैज्ञानिक मदनराज भट्टलाई रु एक लाख एक हजार १११ राशिको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ प्रदान गरिएको छ । भट्ट गहुँबाली अनुसन्धान कार्यक्रमको मुख्य प्रजननकर्ता तथा संयोजक हुनुहुन्छ ।

त्यस्तै त्यति नै राशिको गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कारबाट महिला सशक्तीकरण, उदार तथा पुनस्र्थापनामा उल्लेखनीय योगदान पु¥याउँदै आउनुभएकी नवलपरासीकी बालकुमारी जिसीलाई प्रदान गरिएको छ ।

यसैगरी अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट जनगायक तथा साहित्यकार मेघराज मञ्जिललाई प्रदान गरिएको छ । पुरस्कारको राशि पनि रु एक लाख एक हजार १११ रहेको छ ।

त्यस्तै देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको भक्तपुरको संस्था सिविआर संस्थालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५१ हजार १११ रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यतामा भएको कार्यक्रममा भाषाविद् चूडामणि रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाईं, सांसद् धर्मशीला चापागाईं, पवित्रा निरौला खरेल, हरिचरण बानियाँलगायतले समाज र राष्ट्रको हितमा योगदान पु¥याउनेलाई यस प्रकारको सम्मानले हौसला प्रदान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।-रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !