२१ बैशाख २०८१, शुक्रबार

नेविसंघले माइतीघर र क्याम्पस अगाडि विरोध गर्न नपाए आन्दोलन गर्ने


nebisang

४ वैशाख, काठमाण्डौ । नेपाल विद्यार्थी संघले सरकारले आन्दोलन गर्न पाउने जनताको अधिकार खोसेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख केदारनाथ शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रशासनले जथाभावीरुपमा आन्दोलन र विरोधका कार्यक्रम गर्न नपाउने भन्दै आन्दोलन गर्ने ठाउँ तोकेपछि संघसम्बद्ध विद्यार्थीहरुले विरोध जनाउँदै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले माइतीघर मन्डला र क्याम्पसअगाडि विरोध प्रदर्शन गर्न पाउनुपर्ने जिकिर गरे ।

ज्ञापनपत्र वाचन भने नेविसंघका महामन्त्री रामप्रसाद अधिकारीले गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी शर्माले सर्वसाधारणको बोल्न र हिँड्न पाउने अधिकार नखोसेको तर व्यवस्थितरुपमा आन्दोलन र विरोध प्रदर्शनको व्यवस्था मिलाइएको तर्क गरे ।

आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी संघको छ । यो समाचार रिपोर्टर्स नेपालवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !