२२ बैशाख २०८१, शनिबार

निर्वाचनमा समस्या खडा गर्न खोज्नेहरू सत्ता गठबन्धनमै छन् : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेको बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको बताए ।

आफुहरुको पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको उनले बताए । अध्यक्ष ओलीले निर्वाचनमा समस्या खडा गर्न खोज्नेहरू अहिलेको सत्ता गठबन्धनमा भएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !