१४ बैशाख २०८१, शुक्रबार

हिन्दु राष्ट्रको एजेण्डासहितको नयाँ पार्टी गठन गर्छु : कमल थापा


कमल थापा File Photo

विराटनगर । कमल थापाले आफ्नो नयाँ पार्टीको एजेन्डा हिन्दु राष्ट्र हुने बताएका छन् । थापाले शुक्रबार विराटनगर विमानस्थलमा कुरा गर्दै पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका हुन् ।

उनले अब आफू नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताए । फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुने उनले बताए । नेता थापाले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !