२० बैशाख २०८१, बिहिबार

एकपछि अर्को एक्सनमा उत्रिए मन्त्री आले: नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द


प्रेमबहादुर आले

बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मिनी क्यासिनो सञ्चालन वापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ ।

मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरेपनि उक्त होटलले नतिरेका कारण उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !