२१ बैशाख २०८१, शुक्रबार

पुनः महानगरको प्रमुखमा उठ्ने विद्यासुन्दर शाक्यको दावी


विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनः महानगरको प्रमुखमा उठ्ने दावी गरेका छन् । मेयर शाक्यले बिहीबार कार्यक्रममा बोल्दै पार्टीले पुनः जिम्मेवारी दिए महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका हुन् ।

मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए । उनले भने, “आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !