१४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको प्रचण्डको दावी


प्रचण्ड भक्तपुरमा फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए ।

आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तिरुवासहितलाई पार्टीमा स्वागत गदै प्रचण्डले यस्तो बताएका हुन् ।

परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र जनताको भाग्य–भविष्यका लागि अझै लड्न माओवादी शक्तिहरू एकजुट हुनुपर्ने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !