१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न रावलको माग


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पत्र लेख्ने प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका हुन् ।

रावलले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए । उनले भने, “कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !