१४ बैशाख २०८१, शुक्रबार

झलनाथ खनालले भने: गठबन्धन तोडिँदैमा आकाश खस्दैन


झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् ।

एक मिडीयासँग विशेष कुराकानी गर्दै खनालले भने, “एमसीसीमा हस्ताक्षर भएको ५ वर्ष भयो । त्यसलाई २ वर्षसम्म गुपचुप राखियो । तीन वर्षदेखि बहसमा छ । अब अमेरिकाले एक वर्ष पर्खियोस् । यो सम्झौतामा धेरै खालका आपत्तिजनक कुरा छन् । तिनलाई नसच्चाईकन संसद्बाट अनुमोदन गर्नुहुँदैन । त्यसैले एमसीसीका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा चिन्तित हुनुपर्ने कारण छैन । उहाँसँग त्यसलाई कुन ऐन अन्तरगत संसद्मा लैजाने भन्ने गेट पास नै छैन ।”

गठबन्धन टुट्दैमा आकाश नखस्ने पनि उनले बताए । उनले थपे, “कसैले एमसीसीलाई अमेरिकाको साम्राज्यवादी हतियार भएकाले रिजेक्ट गर्नुपर्ने तर्क गरेका छन्, कसैले यसलाई कमा, फुलस्टप पनि नबिगारीकन लिनुपर्छ भनेका छन् । तर हामी यसभित्र आपत्तिजनक कुरालाई हटाएर अमेरिका सहयोग लिनुपर्छ भन्ने पक्षमा छौं । तर नेपालको स्थायित्वको विरोधी तत्वको अनेक अफवाह र चलखेल गरिरहेका छन् । प्रधानमन्त्रीले यसो भन्नुभयो, उसो भन्नुभयो, धम्की दिनुभयो भनेर लेखिरहेका छन् । म त के भन्छु भने गठबन्धन तोडिँदै मा कुनै आकाश खस्ने कुरा छैन । हाम्रा निम्ति देश, जनता सार्वभौसत्ता नै ठूलो हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !