२० बैशाख २०८१, बिहिबार

अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधन विना पास हुन्न भन्ने प्रचण्ड, धारणा चै एमालेको चाहिने ?


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ज्ञानेन्द्र कार्की अति उत्तम भनी सही गर्ने र खै के हो भनी अध्ययन कार्यदलको सदस्य बनेको बताएका छन् ।

नेता बाँस्कोटाले माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने गरेको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अति उत्तम भनी सही गर्ने र खै के हो भनी अध्ययन कार्यदलको सदस्य बस्ने ज्ञानेन्द्र कार्की।संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने प्रचण्ड।धारणा चै एमालेको चाहिने? यो त -नौटंकी नै हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !