७ बैशाख २०८१, शुक्रबार

एमसीसी ल्याए गठबन्धन टुट्ने चित्रबहादुर केसीको चेतावनी


चित्रबहादुर केसी र शेरबहादुर देउवा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याए पाँच दलीय सत्ता गठबन्धन टुट्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा हिजो दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले एमसीसी ल्याउने सर्तमा गठबन्धन कायम राख्न नसकिने अध्यक्ष केसीको भनाइ थियो ।

अध्यक्ष केसीले एमसीसी ल्याउने शर्तमा सत्ता गठबन्धनलाई निरन्तरता दिन नसकिने बताएसंगै प्रधानमन्त्री शेरबहादुर देउवालाई झड्का लागेको छ । प्रधानमन्त्री देउवा एमसीसीका केही बुँदाहरु संशोधन गरी सत्ता गठबन्धनमा सहमति जुटाएर संसदवाट एमसीसी पास गराउन चाहन्छन् ।

अध्यक्ष केसीले गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेतापनि कुनैपनि हालतमा एमसीसी पास नहुने बताए । उनले गठबन्धनलाई तोडेर एमसीसी पास गराउन एमाले लागी परेको संकेत अप्रत्यक्ष रुपमा संकेत गरेका हुन् ।

यस्तै उनले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् । उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको उल्लेख गरेका छन् ।

सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेताहरु प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको थियो ।

यसअघि प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएपछि एमसीसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको थियो । प्रधानमन्त्री देउवालाई ‘प्रचण्ड’ र  नेपाल एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेपछि देउवाले संशोधन गर्नुपर्ने बुँदाहरुको बारेमा सुझाव मागेका छन् ।

यस्तै पछिल्लो समय सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने अडान राखेपछि देउवा तनावमा रहेका छन् । तर प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सभामुख सापकोटा दोधारमा परेका हुन् । तर सत्ता गठबन्धन दलहरु तयार भए आफूबाट अवरोध नहुने सभामुखले बताएका छन् ।

एमसीसी पारित गर्न नमाने सभामुखलाई नै हटाउने तयारी भइरहेको समाचार बाहिरिएको छ । हिजो मात्र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले एमसीसी संसदमा रोकिरहने सभामुखमाथि नेपाली कांग्रेसले महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका थिए ।

यो पनि पढ्नुहोस्

सभामुखमाथि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं : टोपबहादुर रायमाझी

एमसीसीका केही बुँदा संशोधन गर्न प्रचण्डको प्रस्ताव

सत्तारुढ गठबन्धनमा यूटन : एमसीसी पारित गर्ने सहमति

एमसीसी संसद्बाट पास गर्न प्रचण्ड, नेपाल तयार

एमसीसी अनुमोदन गर्न कूटनीतिक दबाबमा देउवा

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस् : प्रधानमन्त्री देउवा

एमसीसी राष्ट्रघाती छैन, संसदवाट पारित हुन्छ : प्रधानमन्त्री देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !