७ बैशाख २०८१, शुक्रबार

एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस् : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न आग्रह गरेका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न आग्रह गरेका हुन् ।

बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठेपछि जवाफमा देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।

प्रधानमन्त्री देउवाले यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको बताए। जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !