२४ बैशाख २०८१, सोमबार

एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौं । पछिल्लो समय सभामुख अग्निप्रसाद सापकोटाले दवावमा छन्। सभामुख सापकोटा एमसीसीको विषयमा दवावमा परेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि उनी दोधारमा परेका हुन् ।

उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसीसी पारित गर्न रोक लगाएका थिए । एमसीसी पारित गर्न नमाने सभामुखलाई नै हटाउने तयारी भइरहेको समाचार बाहिरिएको छ ।

प्रधानमन्त्री देउवाले पनि एमसीसी पारित नभए सत्ता गठबन्धन तोड्ने चेतावनी समेत दिएका छन् । एमसीसीको विषयम सत्ता गठबन्धनका नेताहरुवीच लामो समयदेखि छलफल भइरहेको छ ।

केहि दिन अगाडी भएको छलफलमा माओबादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले एमसीसीका केहि बुँदाहरु संसोधन गर्न प्रस्ताव गरेका थिए ।

सभामुख सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने दावी समेत गरेका छन् । तर सत्ता गठबन्धन दलहरु तयार भए आफूबाट अवरोध नहुने सभामुखले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !