२२ बैशाख २०८१, शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन प्रस्थान गर्दै


प्रदीपकुमार ज्ञवाली

३ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ५ दिने भ्रमणका लागि आज राति ११ बजे त्यसतर्फ चीन प्रस्थान गर्दैछन् । मन्त्री ज्ञवालीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशवीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ वीसँग दुईपक्षीय वार्ता गर्नेछन् । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी यही वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !