२३ बैशाख २०८१, आइतबार

पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र ?


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले सेप्टेम्बर ३ मा एमसिसिबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचाबन्धन के रहेछ ? भन्दै प्रश्न गरेका छन्।

नेता बाँस्कोटाले पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या ? भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, “माओवादी अध्यक्ष पुष्पकमल दहाल र प्रम देउवाले सेप्टेम्बर ३ मा एमसिसिबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचाबन्धन के रहेछ? पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या?दुःख छ हो माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि!!!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !