२२ बैशाख २०८१, शनिबार

अमेरिकाले सहयोग गर्ने कुल रकममध्ये ३८ प्रतिशत रकम केमा खर्च गर्ने ?


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता भीम रावलले कुल रकममध्ये ३८ दशमलव पाँच प्रतिशत रकमका बारे अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता मौन बसेको बताएका छन् ।

नेता रावलले सोमबार पत्रकार सम्मेलन गरेर एमसीसी सम्झौता राष्ट्रहितविपरित रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्रतिशत केमा खर्च गर्ने भन्ने उल्लेख नगरेको बताए ।

अमेरिकाले सहयोग गर्ने ५० करोड डलर र नेपाल सरकारले हाल्ने १३ करोड रकममध्ये ६१ दशमलव पाँच प्रतिशत रकम सडक र विद्युत् परियोजनामा खर्च गर्ने भनिएको नेता रावलले बताए। उनले भने, ‘बाँकी रकम केमा खर्च गर्ने ? यसबारे केही भनिएको छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !