२२ बैशाख २०८१, शनिबार

महाधिवेशन छिटो गराउन नेतृत्वलाई नेविसंघको दबाब


नेविसङ्घ

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको महाधिवेशन शीघ्र गर्न नेतृत्वलाई विद्यार्थीहरुले दवाव दिन सुरु गरेका छन् ।

सोमबार विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन् ।

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघमा आबद्ध विद्यार्थी विनोदराज जोशीले बताए ।

विद्यार्थीहरूले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्र पनि बुझाएका छन् ।

पत्र बुझ्दै महरले नेविसंघलगायत भातृसंस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रूपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमै छलफल गराउने प्रतिबद्धता जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !