२१ बैशाख २०८१, शुक्रबार

मन्त्री भुसाल र अष्ट्रेलियाली राजदूत भोल्कवीच शिष्टाचार भेटघाट


पम्फा भुसाल, फेलिसिटी जान भोल्क

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कवीच शिष्टाचार भेटघाट भएको छ ।

एक नेताका अनुसार मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्त्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौती बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !