२२ बैशाख २०८१, शनिबार

मेरो पत्र अध्यक्ष लिङ्देनले रद्दीको टोकरीमा फाल्दिनुभयो : कमल थापा


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्वअध्यक्ष कमल थापाले पार्टीमा सबैलाई समेट्न अध्यक्ष राजेन्द्र लिङ्देनसँग आग्रह गरेका छन् ।

थापाले ध्यानाकर्षण पत्र लेख्दै आफूले गत २७ मंसीरमा पठाएको पत्रप्रति गम्भीर बन्न अध्यक्षलाई आग्रह गरेका हुन् । आफू सदैव पार्टी एकता र हितको पक्षमा रहेको लेख्दै उनले पार्टीमा आफ्नो स्थान नभएको र आफूलाई हेलाँ गरेको समेत दुःखेसो लेखेका छन् ।

आफ्नो पत्रलाई अध्यक्षले रद्दीको टोकरीमा मिल्कादिएको भन्दै उनले महाधिवेशनपछि आफूलाई पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराएकोप्रति गुनासो गरेका छन्। साथै पार्टीका गतिविधि र कार्यक्रममा पनि आफूलाई कुनै जानकारी नगराई पार्टीबाट अलग्याउन खोजेको आशंका गरेका छन्।

यस्तो छ पत्र
कमल थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !