८ जेष्ठ २०८१, मंगलबार

एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्न अभिजित अधिकारीले मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिएका छन् । अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।

ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको अधिकारीले उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !