२३ बैशाख २०८१, आइतबार

राप्रपा केन्द्रीय समितिको दोस्रो बैठक फागुन पहिलो साता हुने


राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आगामी फागुन पहिलो साता हुने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने जानकारी दिए ।

समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने अध्यक्ष लिङ्देनले बताए । पार्टीले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सात सदस्यीय स्थानीय तह निर्वाचन तयारी समिति गठन गरिसकेको छ ।

उक्त समितिले जिल्ला सभापति, प्रदेश प्रमुख र नगर कार्यसमिति अध्यक्षसँग भरचुल माध्यमबाट बैठक सम्पन्न गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !