१४ बैशाख २०८१, शुक्रबार

केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिने शिक्षामन्त्रीको दावी


देवेन्द्र पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले केशरमहलमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिने दावी गरेका छन् ।

मन्त्री पौडेलले पुस्तकालयको बाहिर रहेको जमिन निजी प्रयोजनका लागि दिन खोजिएको समाचारप्रति ध्यानाकर्षण भएको बताए । आज केशर पुस्तकालयको अवस्थाको निरीक्षण गर्दै मन्त्री पौडेलले कुनै पनि प्रकारको निजी प्रयोजनका लागि शिक्षा मन्त्रालय मातहको भौतिक सम्पत्ति प्रयोग गर्न नदिइने उल्लेख गरे ।

मन्त्री पौडेलले मन्त्रालय मातहतको भौतिक सम्पत्ति कतै व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भए फिर्ता ल्याइने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु