२१ बैशाख २०८१, शुक्रबार

माघ २१ मा देशव्यापी विरोध प्रदर्शन गर्छौं : महासचिव मोहन वैद्य


मोहन वैद्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको महासचिव किरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको र अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको तथा अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद नगरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !