११ जेष्ठ २०८१, शुक्रबार

२४ लाख खोप हराएको विषयमा छानवीन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् : उपसभापति गुरुङ


धनराज गुरुङ

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा प्रधानमन्त्रीले चासो लिएको राम्रो बताएका छन्।

उपसभापति गुरुङले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै यस सन्दर्भमा छानवीन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्, “कोभिड विरुद्धको २४ लाख डोज खोप हराएको सन्दर्भमा @PM_nepal_ ले चासो लिएको राम्रो हो।प्रधानमन्त्रीज्यु! यस सन्दर्भमा छानवीन समिति गठन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्।जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरु महाअपराधी हुन्।जय नेपाल।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !