१४ बैशाख २०८१, शुक्रबार

व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रधानमन्त्री खनाल


Jhalanath-Khanal1

२ वैशाख, विराटनगर । पूर्व प्रधानमन्त्री झलनाथ खनालले विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताउनुभएको छ ।

उहाँले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताउनुभयो ।

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।

पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !