१४ बैशाख २०८१, शुक्रबार

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने थापाको चेतावनी


गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिएका छन् । महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताउदै वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट भएको उनले बताए । महामन्त्री थापाले वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !