२२ बैशाख २०८१, शनिबार

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न कमल थापाको माग


कमल थापा

काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टीका पुर्वअध्यक्ष कमल थापाले विगतमा स्थानीय निकाय निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको र जनताले सेवा पाउन नसकेको तितो अनुभवलाई दृष्टिगत गर्दै पदावधि सकिनु दुईमहिना अघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबैमा आग्रह गरेका छन्।

थापाले सामाजिक संजालमा लेखेका छन्, “विगतमा स्थानीय निकाय निर्वाचित पदाधिकारीविहिन हुँदा प्रजातन्त्र कमजोर भएको र जनताले सेवा पाउन नसकेको तितो अनुभवलाई दृष्टिगत गर्दै नयाँ संविधान अनुसार बनेको कानुनमा सर्वदलीय सहमतिमा पदावधि सकिनु दुईमहिना अघि चुनाव गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको तथ्य मनन गर्न सबैमा आग्रह छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !