४ जेष्ठ २०८१, शुक्रबार

पाँच उपियाँको गठबन्धनसँग एमाले एक्लै प्रतिष्पर्धा गर्न तम्तयार : गोकुल बाँस्कोटा


गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारलाई आम चुनाब घोषणा गर्न आग्रह गरेका छन् ।

नेता बाँस्कोटाले आफू तीब्र प्रतीक्षा, स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसँग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार भएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !