२१ बैशाख २०८१, शुक्रबार

राजदूत नियुक्तिबारे प्रधानमन्त्रीसँग छलफल गर्ने सुनुवाइ समितिको निर्णय


संसदीय सुनुवाइ समिति

काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे छलफल गर्ने भएको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने भएको छ ।

राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

राजदूतलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्मअनुरुप समानुपातिक समावेशी नपाइएको समितिको निष्कर्ष छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !