२१ बैशाख २०८१, शुक्रबार

नेता बाँस्कोटाले भने- पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गयो


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । नेता बाँस्कोटाले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताए ।

प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले भने, “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !