१९ बैशाख २०८१, बुधबार

एमाले रसुवाको अध्यक्षमा तामाङ सर्वसम्मत चयन


एमाले

रसुवा । एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ सर्वसम्मत चयन भएका छन् । तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

त्यस्तैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्वाचित भएका छन् । उनीहरु सबै निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !