२१ बैशाख २०८१, शुक्रबार

नारायणहिटीभित्र बनाएको संरचना आइतबारसम्म नभत्काए मन्त्री आलेले आफैं भत्काउने चेतावनी


प्रेमबहादुर आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन तीन दिनको समय दिएका छन् ।

मन्त्री आलेले बिहीबार बतास अर्गनाइजेसनलाई निर्देशन दिएका हुन्। मन्त्री आलेले पालना नभए आफैं गएर भत्काउने चेतावनीसमेत दिएका छन् । मन्त्री आलेले नारायणहिटी परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न छानविन नै गठन गरिसकेका छन् ।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !