१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव


प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ ।

बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।

सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्ष प्रचण्डले गरेको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !