१४ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद्बीच पार्टी एकता हुँदै


एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद्बीच पार्टी एकता

काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ । भोली शुक्रबार पार्टी एकीकरणको घोषणा हुने भएको हो ।

साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद राष्ट्रिय जनमोर्चाबाट बिभाजन भएको गठन भएको पार्टी हो । यसअघि एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच पुस १३ गते पार्टी एकता भएको थियो ।

अहिले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा आउँनेको लहर बढेको छ । एकीकृत समाजवादी स्रोतका अनुसार भविष्यमा एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि केही नेताहरु छलफलमा रहेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !