११ बैशाख २०८१, मंगलबार

पार्टी एकता गलत नभएकोले फुटवारे गम्भीर समीक्षा गर्नुपर्ने प्रचण्डको स्पष्टोक्ति


प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गलत नभएकोले फुटवारे समीक्षा गर्नुपर्ने स्पष्टिकरण दिएका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनको काठमाडौँको कमलादीस्थित प्रज्ञा-प्रतिष्ठानमा भएको उद्घाटन सत्रमा पार्टीको तर्फवाट आफ्नो धारणा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले एमालेलाई पनि पार्टी एकतामा किन भत्कियो भनेर समीक्षा गर्न आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा शुभकामना दिंदै एमालेका महासचीव शंकर पोखरेलले पनि पार्टी एकता गलत नभएको बताएकोले प्रचण्डले एकपटक एमालेले पनि आत्मालोचना गर्नुपर्ने बताएका हुन् ।

उनले आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै समिक्षा आफ्नै विषयमा गरेको बताएका छन् । शान्ति प्रक्रियामा आएपछि कहाँ–कहाँ चुक्यौं भनेर माओवादीले यस महाधिवेशनमा आत्मसमीक्षा गर्ने उनले बताए ।

उनले आठौं महाधिवेशनको एउटा ठूलो भाग सफल भइसकेको उनले दाबी गर्दै उद्घाटन सत्रमा अन्य राजनीतिक दलका नेताहरूले इमानदार अभिव्यक्ति दिएर ग्रेट डिबेट शुरु गरेको पनि उनले बताए ।

प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीको महाधिवेशनमा फोन गरेर बोलाएको प्रष्ट पारे । पछिल्लो समय प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको सम्बन्ध चिसिएर दुई नेताहरुवीच आरोप-प्रत्यारोपका साथै गम्भीर दोषारोपणमा पनि उत्रिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !