१९ बैशाख २०८१, बुधबार

माओवादी केन्द्र र नेकपा मसालबीच पार्टी एकता घोषणा (विज्ञप्तिसहित)


काठमाडौं । माओवादी केन्द्र र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् ।

शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा प्रचण्ड र लम्सालबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो ।

माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !