१९ बैशाख २०८१, बुधबार

काँग्रेसको मधेसीतर्फ सहमहामन्त्रीमा देउवा प्यानलका महेन्द्र यादव विजयी


महेन्द्र यादव

काठमाडौं । नेपाली कांग्रेसको मधेसीतर्फ सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका महेन्द्र यादव विजयी भएका छन् । यादवले २०२६ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी डा. शेखर कोइराला प्यानलका रामकृष्णले १८२० मत ल्याएका छन् । काँग्रेसको मधेसीतर्फ सहमहामन्त्रीमा जम्मा ४६८२ मत खसेकोमा अर्का उम्मेदवार रञ्जित कर्ण भने ४७२ मत मात्र ल्याएका छन् ।

उनले विगतमा देउवा नेतृत्वको अघिल्लो सरकारमा खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यादव विगतमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको निर्विवाद अध्यक्ष भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !