२६ बैशाख २०८१, बुधबार

११३ मत गणना गर्दा बद्री पाण्डेको सुरुवाती अग्रता


मतगणना फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको सहमहामन्त्री पदमा बद्री पाण्डेको सुरुवाती अग्रता कायम रहेको छ। पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ ।

११३ मत गणना गर्दा सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् । पाण्डेले ६४ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् । विमलेन्द्र निधि समूहका चेतराज बजालले २ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !